माछा मार्न गएका थापाको मृत्यु, ४ जना पक्राउ

माछा मार्न गएका थापाको मृत्यु, ४ जना पक्राउ


स्याङ्जा ।

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर वालिङ नगरपालिका–६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटासहित माछा मार्न गएका ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।