अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


एएफपी । अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ । दुर्घटना बिहान ११ बजे तिर भएको थियो, शेरिफको कार्यालयले जनाएको छ ।

उद्धारकर्मीहरूले हेलिकप्टरको भग्नावशेषमा पुगे र दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरे । पीडितहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ ।

अमेरिकी एविएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको शेरिफको कार्यालयले जनाएको छ ।