डोटीमा कसले ताेडफाेड गर्‍याे स्कुल ?

डोटीमा कसले ताेडफाेड गर्‍याे स्कुल ?


काठमाडाैँ ।

डोटीको सायल गाउँपालिका -२ ग्वानीमा रहेको जनज्योति आधारभूत विद्यालयमा तोडफोड भएको छ ।

बिहीबार राति अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।’

विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेको र बाहिर सडकमा फालेका कागजात पानीले भिजेको अववस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सिंहले बताए । विद्यालयमा कसले र किन तोडफोड गर्‍याे भन्ने खुल्न नसकेको सिंह बताउँछन् ।

घटनाको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।