तारा एयरले दैनिक ५ वटा पोखरा–जोमसोम उडान भर्दै

तारा एयरले दैनिक ५ वटा पोखरा–जोमसोम उडान भर्दै


काठमाडौं ।

निजी क्षेत्रको विमान कम्पनी तारा एयरले पोखरा–जोमसोम उडान सुर गर्ने भएको छ ।

भोलि भदौ २५ गतेदेखि उडान नियमित गर्ने भएको हो ।

मौसम प्रतिकूल क्रमशः कमी हुँदै गएको जनाउँदै पर्यटकको सहजताका लागि उडानलाई नियमित बनाउन लागेको कम्पनीले जनाएको छ ।

जोमसोम उडानका लागि तारा एयरले एउटा विमान पोखरामै राख्नेछ ।

मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्नेछन् ।

हिमाली क्षेत्र जोमसोममा बाक्लो कुहिरो र वर्षात हुँदा असारको दोस्रो हप्तादेखि उडान बन्द गरिएको थियो । तारा एयरले हिमाली क्षेत्रमा उडान भर्दै आएको छ ।