महालक्ष्मी विकास बैंकले एक जनालाई दियो छात्रवृत्ति

महालक्ष्मी विकास बैंकले एक जनालाई दियो छात्रवृत्ति


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले एक जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले काठमाडौँको नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

विभिन्न ७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरे ।

अध्ययनमा उत्कृष्ट रहेका उनी पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले अध्ययनमा सहयोग पुर्‍याउन ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।

आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ ।