एनपीएलको पोखरा एभेन्जर्सका खेलाडी जिम्मी निशमले इन्स्टाग्रामबाटै मागे पारिश्रमिक

एनपीएलको पोखरा एभेन्जर्सका खेलाडी जिम्मी निशमले इन्स्टाग्रामबाटै मागे पारिश्रमिक


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । जसमा कमेन्ट गर्दै जिम्मीले लेखेका छन्, ‘कुल, पे योअर प्लेयर्स’ अर्थात् खेलाडीलाई पैसा देऊ ।
यसबारेमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले भने राष्ट्रिय खेलकुद परिषद्को अप्रुभलका कारण ढिलाई भएको बताए । उनले जिम्मीसँग कुनै विवाद नरहेको र आगामी दुई हप्ताभित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाए । ‘राखेपका कारण ढिलाई भएको हो । उहाँसहित कुनै पनि खेलाडीको पारिश्रमिक दिन पाएका छैनौं’ उनले  भने, ‘अब प्रक्रिया पूरा गरेर दुई हप्ताभित्र दिन्छौं । ’