के ओली र लेखक राजबन्दी हुन् ? प्रेस युनियन अध्यक्ष लम्सालको बलियो प्रश्न

के ओली र लेखक राजबन्दी हुन् ? प्रेस युनियन अध्यक्ष लम्सालको बलियो प्रश्न


काठमाडौ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान तथा स्पष्ट कानुनी प्रक्रिया बिना पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा आफ्नो स्टाटसमा लेखेका छन्
“वर्तमान सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान र स्पष्ट कानुनी प्रक्रिया बेगर पक्राउ गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरित देखिन्छ।
लोकतन्त्रमा कानूनभन्दा माथि कोही हुँदैन, तर प्रत्येक कदम कानूनकै आधारमा हुनुपर्छ। कानुनी आधारबिना गरिएको पक्राउले कानूनी राज्यको लोकतान्त्रिक अवधारणामाथि नै प्रश्न उठाउँछ।
उन्नत लोकतन्त्रको मापनमध्ये एक—राजबन्दी छन् कि छैनन् भन्ने पनि हो। यस सन्दर्भमा ओली र लेखकको हैसियत के होरु राज्यले स्पष्ट जवाफ दिनुपर्छ।”
अध्यक्ष लम्सालले यो अभिव्यक्तिमार्फत् सरकारको कदमले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र मानव अधिकारको सम्मानमा ठूलो प्रश्न खडा गरेको बताएका छन्। उनले राज्यलाई ओली र लेखकको वैधानिक हैसियत स्पष्ट गर्न आग्रहसमेत गरेका छन्।
यो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रमा चर्चा परेको छ। नेपाल प्रेस युनियनले सधैँ लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र कानुनी राज्यको पक्षमा उभिँदै आएको छ।