सामान्य बढ्यो सुनको भाउ, कति पुग्यो ?

सामान्य बढ्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौं ।
सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ १ सय रुपैंयाले उकालो लागेको हो ।

हिजो १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १३ सय ९५मा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।