मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच कर्जा लगानी गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच कर्जा लगानी गर्ने सम्झौता


काठमाडौं ।

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच दिगो ऊर्जा चुनौती कोष(Sustainable Energy Challenge Fund-SECF) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले एक समारोह बीच हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ ।

विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ ।