युद्धपछिको इरान अझै बलियो र खतरानक

युद्धपछिको इरान अझै बलियो र खतरानक


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एउटा अनौठो खुबी छ । उनी अमेरिकाको प्रतिद्वन्द्वी मुलुकहरूलाई अमेरिकाविरुद्ध उल्टै थप सशक्त बनाइदिन सक्छन् । चीनसँग व्यापार युद्ध सुरु गरे । युद्धकै कारण चीनले ‘रेयर अर्थ’ र ‘क्रिटिकल मिनिरल’ मा रहेको आफ्नो दबदबाको प्रयोग गर्दै अमेरिकालाई भन्सार महसुल घटाउन बाध्य पारिदियो ।

त्यसैगरी ट्रम्पले अहिले इरानमा हमला गरेका छन् । इरानले लामो समयदेखि धम्काउँदै आएको काम अहिले साँच्चिकै लागु गर्‍यो । स्ट्रेट अफ हर्मुज बन्द गरिदियो । बेइजिङजस्तै तेहरानले पनि पश्चिमाहरूलाई आर्थिक चोट पुर्‍याउने ठाउँ थाहा पाइहाल्यो ।

अहिले इरानले हर्मुजमा गरेको कडाई हेर्दा उसलाई अमेरिका–इजरायलको आक्रमणबाट जोगिने लक्ष्यमात्रै होइन कि जस्तो भान हुन्छ । खासमा जारी युद्ध पश्चात अन्तर्राष्ट्रिय रूपमा थप सशक्त भएर उठ्ने अभिलाषा पालेको जस्तो देखिन्छ ।

इरानले धेरै ठुलो प्रहार सामना गरिरहेको छ भन्नेमा कुनै शङ्का छैन । त्यहाँको मुख्य नेता तथा अन्य धेरै वरिष्ठ सल्लाहकारहरू पनि लडाइँको पहिलो दिनमै मारिएका थिए । उसका जहाज, क्षेप्यास्त्र प्रहार गर्ने ‘लन्चर’ तथा ‘कमान्ड सेन्टर’ हरूमा बारम्बार हमला भएको छ । इरानी अर्थतन्त्र ठुलो समस्यामा छ । महँगी चरममा छ ।

तर युद्ध मैदानमा इरान डटिरहेको छ । केवल डटिरहेको मात्रै छैन, उसले आफ्ना छिमेकी खाडी मुलुकहरूमा ठुलो क्षति गराउन सक्ने तागत देखाइरहेको छ । साउदी अरब र युएईमा प्रहार गर्दै उनीहरूको दीर्घकालीन भविष्यमा ठुलो प्रश्न चिह्न खडा गरिरहेको छ । स्ट्रेट अफ हर्मुजले इरानका लागि आगामी दिनमा असाध्यै महत्त्वपूर्ण हुने उल्लेख्य आम्दानी दिलाउने पनि देखाएको छ ।

इरानले स्ट्रेट अफ हर्मुजबाट पार हुने जहाजसँग २० लाख डलर शुल्क लिएको खबर आएका छन् । सामान्य अवस्थामा त्यहाँबाट हरेक दिन औसत १४० हाराहारी जहाज वारपार हुन्छन् । यही हिसाबमा हेर्दा त इरानले हर्मुजमा शुल्क उठाउन थाल्यो भने महिनैपिच्छे अर्बौं डलर जम्मा गर्ने देखियो ।

गत हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुजबाट पार हुने जहाजसँग शुल्क लिन सक्ने भन्दै सचेत गराएका थिए । उनले त्यसो गर्नु गैरकानुनी हुनुका साथै अस्वीकार्य हुने बताएका थिए । मलाई लाग्छ, उनी सत्य हुन सक्छन् । तर यहीँनेर एउटा प्रश्न उठ्छ– इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले त्यस विषयमा के गर्न सक्छ ?

खासमा सैन्य तरिकाबाट हर्मुजको गल्छी खोल्ने सम्भावनाबारे पश्चिमा सैन्य रणनीतिकारहरू नै आशावादी छैनन् । त्यहाँको भूगोल तथा इरानसँग भएको प्रविधिले धेरै अप्ठ्यारो पारेको छ । समुद्री किनाराभन्दा धेरै टाढाबाट उसले ड्रोन पठाउन सक्छ । त्यसो हुनाले समुद्रमा गरिने सैन्य गस्तीले मात्रै व्यापारिक जहाजको आवतजावत सुरक्षित बनाउन सकिन्न ।
यो प्रश्नको उत्तर निरुत्साहित गर्ने खालको छ । अर्थात् अमेरिकाले इरानमा सत्तापलट गराउनेगरी सैन्य विजय हासिल गर्दैन होला । अमेरिकाले अहिले मध्यपूर्वमा आफ्ना स्थल सेना जम्मा गर्दैछ । केही दिन अघि एउटा अन्तर्वार्तामा ट्रम्पले आफूहरू खर्ग टापु कब्जा गर्न तयार रहेको बताएका थिए । तर त्यस्तो कब्जाले पनि हर्मुजको समस्या समाधान गर्दैन ।

खासमा सैन्य तरिकाबाट हर्मुजको गल्छी खोल्ने सम्भावनाबारे पश्चिमा सैन्य रणनीतिकारहरू नै आशावादी छैनन् । त्यहाँको भूगोल तथा इरानसँग भएको प्रविधिले धेरै अप्ठ्यारो पारेको छ । समुद्री किनाराभन्दा धेरै टाढाबाट उसले ड्रोन पठाउन सक्छ । त्यसो हुनाले समुद्रमा गरिने सैन्य गस्तीले मात्रै व्यापारिक जहाजको आवतजावत सुरक्षित बनाउन सकिन्न ।

त्यसो हुँदा इरानसँगको सम्झौता नै फेरि पनि सबैभन्दा यथार्थवादी विकल्पका रूपमा अगाडि आइपुग्छ । तर सम्झौताका लागि इरानले ठुलो माग गर्ने सम्भावना छ । इरानी सत्ताको आँखा भविष्यको आम्दानीको ठुलो स्रोतमा छ । साथै उसलाई संसारका सबै मुलुकलाई सजाय वा सहयोग दुवै दिलाउन सक्ने हतियार पनि हत्याउनु छ ।

आफ्नै पाराका सम्झौताकार मानिने ट्रम्प भने भौँतारिएर हिँडेका छन् । भर्खरै उनले इरानको सम्झौता शैली ‘अनौठो’ लागेको बताएका छन् । गत हप्ता उनले ‘आफू र आयोतल्लाह’ मिलेर हर्मुज सञ्चालन गर्ने बताएका थिए । साथै केही मानिसहरू यसैलाई लिएर इरानसँगको सम्झौता भाँड्न लागेको पनि उल्लेख गरेका थिए । तर इरानीहरूले भने वार्तामा चासो देखाएकै छैनन् ।

इरानका छिमेकीको चिन्ता दिनानुदिन बढ्दैछ । युद्ध पश्चात इरान थप सशक्त हुँदै खाडी क्षेत्रको ऊर्जा निर्यातमै व्यावहारिक नियन्त्रण कायम गर्न आउला भन्ने उनीहरूको पिर छ । साथै आम्दानीको नयाँ अवसर उसले मात्रै पाउने हो कि भन्ने चासो पनि त्यतिकै जायज छ । युएई र साउदी अरब त परिणाम स्वीकार्नु भन्दा युद्धमै सामेल हुन खोज्दैछन् भन्ने अनुमान हुन थालेको छ ।

तर इरानले उनीहरूको तेल प्रशोधन केन्द्र तथा पानी शुद्धीकरणको अड्डामा आक्रमण गरेको खण्डमा अर्थतन्त्र एवं समाजमै दीर्घकालीन असर पर्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ । अन्ततः उनीहरू बरु लडाइँमा जानुको सट्टा इरानलाई पैसा तिरेरै भए पनि जोगिने बाटोमा जाने सम्भावना छ ।

ट्रम्प, इजरायल वा साउदी अरब मन नपराउनेहरूलाई इरान हाबी भएको दृश्य देख्दा आनन्दै लाग्न सक्छ । तर त्यो पनि अल्पदृष्टिकै परिणाम हो । इरानी सत्ताले मध्यपूर्वभर हिंसात्मक इस्लामी समूहहरूलाई प्रायोजन गरेको छ । आफ्नै नागरिकलाई सडकमा मारेको छ ।
एसियाली देशहरू खाडी क्षेत्रको ऊर्जा निर्यातका महत्त्वपूर्ण गन्तव्य हुन् । ती मुलुकमा इरानले निशाना साँधेको छैन । उनीहरू पनि इरानसँग कारोबार गर्न इच्छुक नै छन् । अमेरिकी समूहमा रहेका जापान र युरोपेली संघले भने इरानलाई शुल्क बुझाउँदा अमेरिका रिसाउला भन्ने डर छ । तर पछिल्लो समय त ट्रम्प प्रशासनसँग युरोपेली देशहरूको सम्बन्ध खराब हुँदै गएको छ । ट्रम्प आफैँ पनि भर पर्दा छैनन् । कतिवेला के गर्छन्, ठेगान हुँदैन । यस्तो अवस्थामा युरोपेलीहरू सधैँ महँगो ऊर्जा किन्नु पर्ने वा तेल र ग्याँसकै लागि रुससामु झुक्न जानुपर्ने भन्दा ट्रम्पसँग रिसाउनै तयार हुन सक्ने देखिन्छ ।

सन् २००३ मा इराक आक्रमणका एक जना योजनाकार डोनाल्ड रम्सफेल्डले भनेजस्तै त्यहाँ धेरै ‘थाहा भएकै अज्ञात कुराहरू’ छन् । इरानमा अमेरिकी स्थल सेनाको प्रवेशले युद्धलाई नाटकीय रूपमा चर्काउनेछ । इरानको सत्तामा पर्ने सामाजिक तथा आर्थिक दबाबका कारण आफैँमा विस्फोट भएर सत्तापलट हुन पनि सक्छ । तर अहिलेसम्म हेर्दा त्यस्तो सम्भावना कमै देखिन्छ । इरानको सत्ता उल्लेख्य रूपमा सशक्त देखिएको छ ।

ट्रम्प, इजरायल वा साउदी अरब मन नपराउनेहरूलाई इरान हाबी भएको दृश्य देख्दा आनन्दै लाग्न सक्छ । तर त्यो पनि अल्पदृष्टिकै परिणाम हो । इरानी सत्ताले मध्यपूर्वभर हिंसात्मक इस्लामी समूहहरूलाई प्रायोजन गरेको छ । आफ्नै नागरिकलाई सडकमा मारेको छ ।

युक्रेन युद्धमा रुसलाई महत्त्वपूर्ण सहयोग गरिरहेको छ । यदि अहिले मध्यपूर्वमा चलेको युद्धबाट इरान थप सशक्त बनेर निस्कियो भने त्यो विश्वको सुरक्षा तथा अर्थतन्त्रका लागि नराम्रो खबर हुनेछ । इरानी जनताकै लागि पनि राम्रो खबर हुने छैन । तर दुर्भाग्यवश अहिले युद्धको परिणाम त्यस्तै होला जस्तो छ ।