काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले पार्टी सभापति रवि लामिछाने आफ्नै ढङ्गले भारत भ्रमणमा जान लागेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको बताए ।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘प्रधानमन्त्री भारत मात्र नजानुभएको होइन । अहिले विदेश कतै पनि गइराख्नुभएको छैन। अहिले हाम्रो पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी हामी फोकस पनि छौँ । त्यसले सभापति आफ्नै ढङ्गले जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको त्यससँग केही पनि सम्बन्ध छैन

प्रतिक्रिया