यी हुन् नाडा अटो शोमा पाइने सस्तो रेन्जका पेट्रोल कार

यी हुन् नाडा अटो शोमा पाइने सस्तो रेन्जका पेट्रोल कार


काठमाडौँ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनले बजार पिटिरहेका बेला हुँदै गरेको नाडा अटो शोमा सस्तो रेन्जमा २ ब्रान्डका पेट्रोल गाडी सार्वजनिक हुँदै छन् ।

नाडा शोमा हुन्डाई र टाटाले एउटै सेग्मेन्टमा नयाँ पेट्रोल कार सार्वजनिक गर्न लागेका हुन् । यी दुवै ब्रान्डले आफ्नो पहिलो माइक्रो एसयुभी प्रदर्शनी गर्दै छन् ।

टाटा ब्रान्डको पन्च भारतीय बजारमा सफल मानिएको कार हो । यसले भारतमा ३ लाख युनिट बिक्री गरिसकेको छ । त्यस्तै हुन्डाई एक्सटर भारतमा २ महिनाअघि बिक्री सुरु भएको मोडल हो । यसले पनि भारतमा राम्रै बजार पाइरहेको छ ।

टाटा पन्च

टाटा पन्चमा १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८६ बिएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पिड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्विल आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर रहेको यो कारले नेपाली बजारमा राम्रो रेस्पोन्स पाउने कम्पनीको अपेक्षा छ ।

रिभर्स क्यामेरा, ब्याक सेन्सर, पुस बटम स्टार्टरस्टप बटम, २ एयरब्याग, एबिएस, इबिडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभिएम, लेदर र्‍याप स्टेरिङ ह्विल फिचर यसका अन्य विशेषता हुन् ।

हुन्डाई एक्सटर

हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक ग्रान्ड आई-१० नियोसको प्लेटफर्ममा उत्पादन गरेको एक्स्टरको ड्यासबोर्ड पनि नियोसबाटै प्रभावित भएको छ । एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र इन्स्ट्रुमेन्ट क्लस्टर नियोसकै जस्तो छ ।

एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री, ड्यास क्याम जस्ता फिचर भएको फुल्ली डोडेड एसयुभीलाई पनि नेपाली उपभोक्ताले रुचाउने कम्पनीको विश्वास छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्यूचरिस्टिक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट यसका अन्य फिचर हुन् ।