नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। पछिल्लो समय पार्टी नेतृत्व, विशेषगरी सभापति गगन थापासँग असन्तुष्ट रहेका बजगाईंले आइतबार साँझ सामाजिक सञ्जाल ‘एक्सु’ मार्फत आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन्।
पार्टीभित्रको आन्तरिक खिचातानी र कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै उनले कांग्रेस अब विचलित मानसिकता भएकाहरूको भीड बनेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ। पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’
उनले आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन् । पछिल्लो समय पार्टी सभापति गगन थापा र नेतृत्वप्रति तीव्र असन्तुष्ट रहेका बजगाईंले पार्टीभित्रको आन्तरिक खिचातानी र कार्यशैलीप्रति आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्, “अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ । पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन् ।”
उनले कांग्रेसलाई ‘विचलित मानसिकता भएकाहरूको भीड’ बनेको आरोप लगाएका छन् । बजगाईंले क्रियाशील सदस्यता खारेजी प्रक्रियालाई पनि लक्षित गर्दै भनेका छन्, “त्यो फेरि(फेरि भर्न किन पर्थ्यो र रु त्यसको औचित्य नै थिएन ।” केही समूहले चरणबद्ध रूपमा पार्टी कब्जा गर्ने अभियान चलाइरहेको उनको दाबी छ ।

प्रतिक्रिया