टाटा पार्ट्स र आयलका रिटेलर्सलाई नबिल बैंकको बिनाधितो कर्जा

टाटा पार्ट्स र आयलका रिटेलर्सलाई नबिल बैंकको बिनाधितो कर्जा


काठमाडौँ ।
नबिल बैंकले टाटाको जेन्युअन पार्टपुर्जा र टाटा मोटर्स जेन्युअन आयलका खुद्रा बिक्रेताहरूलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।

टाटा जेन्युअन पार्टस् र टाटा मोटर्स जेन्युअन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा।लि। र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ ।

सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति थियो ।

उक्त सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ । खुद्रा बिक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुसी छन् ।