मन्त्री पद नपाएपछि कांग्रेस सांसद द्रोर्णकुमार कुँवरको राजीनामा

मन्त्री पद नपाएपछि कांग्रेस सांसद द्रोर्णकुमार कुँवरको राजीनामा


पोखरा।  मन्त्री पद नपाएपछि गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं २ (२) बाट निर्वाचित कुँवरले बुधबार प्रदेशसभा सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।

राजीनामा माघ २ गतेदेखि लागू हुने उल्लेख गर्दै उनले मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। “जनताको विश्वासअनुसार काम गर्न नसकेकोमा क्षमा चाहन्छु,” राजीनामा पत्रमा उनले लेखेका छन्।

यो राजीनामाले गण्डकी प्रदेश राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।