काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्।
बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको रास्वपा सभापति रवि लामिछानेले बताए। संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सपभाति लामिछानेले प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताए। यसअघि नै रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह चयन भएका थिए।
संसदीय दलको नेता चयन भएसँगै उनी प्रधानमन्त्री नियुक्त भएका थिए। यस्तै, रास्वपा संस्दीय दलको मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन्। रास्वपा संसदीय दलले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ।

प्रतिक्रिया