काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन् ।
कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले अबदेखि दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले पाँचतारे होटलमा कार्यक्रम नराख्ने बताइन् । उनले लक्षित सामुदायिक र क्षेत्रमा सो रकम लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरिन् ।

प्रतिक्रिया