अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज


अर्घाखाँची ।

अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ फ्रिज भएको छ ।

यस्तै संघीय सरकारको चालु तर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ बजेट फ्रिज भएको छ । संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९÷८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत १ अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० करोड ३६ लाख ४८ हजार ५३५ बजेट विनियोजन भएको थियो ।