हर्क साम्पाङको गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव

हर्क साम्पाङको गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताए। सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन्। त्यसबारे उनले भने, ‘उहाँको जहिल्यै पनि नयाँ नयाँ केके सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। तर हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के रु त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ।’ उनले सरकारको नजिकबाट प्रश्नसहितको सहयोगी र आलोचक बन्न चाहेको बताए।