चढ्ने हैन डल्फिन,कति छ मूल्य ?

चढ्ने हैन डल्फिन,कति छ मूल्य ?


काठमाडौं ।

बिवाइडीले नयाँ मोडलको विद्युतीय गाडी डल्फिन बजारमा ल्याएको छ।

आधिकारिक बिक्रेता साइमेक्स इंकले हचब्याग सेगमेन्टमा बिवाइडी डल्फिन सार्वजनिक गरेको हो।

विद्युतीय प्लेटफर्ममा निर्मित गाडीमा ब्लेड ब्याट्री रहेको छ। डल्फिन एक पटकको चार्जमा ३४० किमी रेञ्ज दिने कम्पनीको दाबी छ।

गाडीमा ७० किलोवाटको मोटर रहेको छ। यसले १८० एनएम टर्क जेनेरेट गर्छ। ४ वटा कलरमा गाडी उपलब्ध छ। गाडीको मूल्य ३९ लाख ८० हजार तोकिएको छ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले २०१७ देखि नै विद्युतीय गाडी ल्याई शुरूवात गरेको बताइन्। ई६ बाट नेपाली बजारमा उपस्थित बिवाइडीको अट्टो ३ पछिल्लो चर्चित ब्रान्ड हो।

नेपालमा हालसम्म ७०० बढी गाडी बिक्री गरेको जनाएको छ। २० वटा फास्ट चार्जिङ स्टेसन बनाइसकेको छ भने १५ वटा थप गर्दै छ।

बिवाइडीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले डोल्फिनले अट्टो ३ को जस्तै बजार लिने विश्वास गरेका छन् ।