क्रियाशील सदस्यता अध्यावधिकमा शेखर पक्षको असहमति

क्रियाशील सदस्यता अध्यावधिकमा शेखर पक्षको असहमति


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल गरेका छन् ।

बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसदलगायतको उपस्थिति थियो ।

देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको बताइएको छ ।

छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरुको तर्क थियो । उनीहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको निष्कर्ष निकालेका छन् ।

छलफलमा नेताहरु शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरुलगायत १ सय २३ जनाको सहभागीता थियो ।