राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

राष्ट्रपति कार्यालयकाअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो ।