रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु


काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ स्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीकाअनुसार बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खसेको हो ।

लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अहिले उद्धार कार्य जारी रहेको छ ।