तालिममा हिँडेका वडा सचिव मृत फेला

तालिममा हिँडेका वडा सचिव मृत फेला


दार्चुला ।

शैल्यसिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत भेटिएका छन् ।

शैल्यसिखर नगरपालिका–२ रौतेउडा निवासी २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेलधुरा हिँडेका कपाडीको शव र मोटरसाइकल सोमबार (आज)भेटिएको उनले बताए । मोटरसाइकल सडकभन्दा १५० मिटर तल भेटिएको छ ।

मृतकको शव सडकबाट करिब २ सय मिटर तल भेटिएको बताइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।