बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा


काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो। काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।