काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको अमेरिकी मिसनले ‘सम्भावित हवाई खतरा’सम्बन्धी चेतावनी जारी गरेको छ । मिशनले एक्समा पोस्ट गर्दै भनेको छ, ‘यूएईस्थित अमेरिकी मिशनले अवस्था नजिकबाट निगरानी गरिरहेको छ र अमेरिकन नागरिकहरूलाई यूएईका अधिकारीहरूको निर्देशन पालना गर्न तथा आवश्यक परे आश्रय लिन तयार रहन आग्रह गर्दछ।’
यसअघि सोमबार यूएईले देशभित्र इरानका मिसाइल र ड्रोनद्वारा लक्षित भएको जनाएको थियो । अमेरिकी मिशनले यूएईका लागि आफ्नो ट्राभल एडभाइजरी अहिले पनि लेभल ३ मा रहेको बताएको छ, जसको अर्थ अमेरिकी नागरिकहरूलाई ‘यात्रा पुनर्विचार गर्न’ सल्लाह दिइएको हो । मिशनका अनुसार अमेरिकी दूतावास र वाणिज्य दूतावास खुला नै रहेका छन् ।
तर ‘गैर–आपतकालीन अमेरिकी सरकारी कर्मचारीहरूलाई यूएई बाहिर सारिएको’ पनि जनाएको छ ।

प्रतिक्रिया