काठमाडौं । सरकारले संघीय संसद्का दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठक दिउँसो २ बजे बस्ने गरी सिफारिस गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते बस्ने गरी राष्ट्रपतिलाई सिफारिस गरेको थियो । तर पछि राष्ट्रपतिले बैठक आह्वान गरिसकेपछि वैशाख १० गते बसेको अर्को मन्त्रिपरिषद् बैठकले उक्त बैठक स्थगित गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपतिले उक्त बैठक स्थगित गरेपछि सरकारले संवैधानिक परिषद्लगायत ८ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ पठाएको थियो ।
राष्ट्रपतिले संवैधानकि परिषद् बाहेकका अध्यादेश सोमबारअघि नै जारी गरेका थिए । उक्त अध्यादेश पुनर्विचारका लागि मन्त्रिपरिषद्मा नै फिर्ता पठाएका थिए । तर मन्त्रिपरिषद् उक्त अध्यादेश जस्ताको तस्तै पुन: राष्ट्रपति कार्यालय पठाएपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अध्यादेश पनि जारी गरेका थिए ।
उक्त अध्यादेश जारी भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले स्थगित गरेको संघीय संसद्को बैठक आह्वानका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया