चितवन । चितवनको तुइनखोलामा दुईतर्फी नै गाडी चल्न थालेका छन्। मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला नजिकै माथिबाट ढुंगाहरू झर्दा बुधबार सवारी साधन एकतर्फी मात्रै संचालन गरिएको थियो। सडक डिभिजन भरतपुरले बिहीबार बिहानदेखि तुइनखोलमा दुईतर्फी नै सवारी सञ्चालन सुरु भएको जानकारी दिएको हो।

प्रतिक्रिया