स्कटल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

स्कटल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै


काठमाडौ । घरेलु मैदानमा आज सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डविरुद्व पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले फिल्डिङ गर्ने भएको हो। यस शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ। नेपालले यस शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग २र२ खेल खेल्ने तालिका छ। नेपाल अब दोस्रो खेलमा शनिबार अमेरिकासँग भिड्नेछ। यसपछि आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।

यी हुन नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी।