बैंकर्स संघले बोलायो आकस्मिक बैठक

बैंकर्स संघले बोलायो आकस्मिक बैठक


काठमाडौं । एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेयको पक्राउलाई लिएर नेपाल बैंकर संघले आकस्मिक बैठक बोलाएको छ । धितो लिलामीको कानुनी अधिकार प्रयोग गरेको विषयमा बैंकरलाई पक्राउ गरिएको भन्दै संघले अहिले आकस्मिक बैठक बोलाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘ठगी तथा आपराधिक विश्वासघात’सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि सीईओलाई पक्राउ गरेको उल्लेख गरेको छ । यसैबारे टिप्पणी गर्दै बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला यो मुद्दालाई फौजदारी प्रकृतिको कसुर भन्दै प्रहरीले पक्राउ गरेको विषयमा संघले आफ्नो धारणा स्पष्ट पार्न र थप रणनीति तय गर्न छलफल गर्ने जानकारी दिए ।

संघका अध्यक्ष कोइरालाकाअनुसार बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) र अन्य विद्यमान कानुनले बैंकलाई ऋण नतिरेको खण्डमा धितो लिलामी गरेर असुल गर्ने स्पष्ट अधिकार दिएको छ ।