जनकपुर ।
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
२ वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।
यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।
प्रतिक्रिया