जेन जी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस

जेन जी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेन जी आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई सिफारिस गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३ जेठ १२ गतेको बैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।”

घटना अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले यसअघि कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।