काठमाडौँ । आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको छ । टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।

प्रतिक्रिया