चीनविरुद्ध कुशल भुर्तेलको शतक

चीनविरुद्ध कुशल भुर्तेलको शतक


काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशललले ३५ बलमा १२ छक्का र चार चौकाको मद्दतले शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो ।
कुशल भुर्तेलको एकै ओभरमा ६ छक्का
नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । एसियन गेम्स छनोट अन्तर्गत चीनविरुद्ध जारी खेलमा भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यो कीर्तिमानसँगै भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाडी बनेका छन् ।
खेलको नवौं ओभरमा आक्रामक ब्याटिङ गर्दै भुर्तेलले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । सो विष्फोटक ब्याटिङको मद्दतले नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर १३५ रनको बलियो स्थिति खडा गरिसकेको छ । भुर्तेल मात्र ३२ बलमा ९४ रन बनाएर शतकको नजिक छन् ।
भुर्तेल अघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औं ओभरमा ६ छक्का प्रहार गरेर यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।