लिपुलेकबारे भारत र चीनसँगै बेलायतलाई पनि पत्राचार

लिपुलेकबारे भारत र चीनसँगै बेलायतलाई पनि पत्राचार


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । एमाले उपनेता पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारत र चीनसँग मात्र नभए बेलायतसँग पनि पत्राचार गरेको बताएका छन् ।

उनले नेपाली भूमि हुँदै चीन र भारतबीच मानसरोवर यात्राका लागि सम्झौता भएको विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइएको बताए । र त्यसको जवाफ पनि भारतबाट आएको वार्ताबाट समस्या समाधान गरिने बताए । उनले दुवैतर्फका सर्वेयर राखेर यी विषय टुंगो लगाउने विषय आएको बताए । उनले बेलायतसँग पनि यो विषय पत्राचार भएको बताए । उनले बेलायतले इन्डिया छोडेर गएपछि पनि त्यतिबेला देखिको समस्या यथावत् रहेको बताए । उनले भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि मिचेको विषय आफूले थाहा पाएकाे बताएका छन् ।

यस्तै नेकपाका प्रमेश हमालले देशलाई विकासिल मुलुकमा किन उपग्रेड नगरिएको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री बालेनले विकासिल देशको सूचीमा अपग्रेड गर्नेभन्दा पनि देश विकास महत्त्वपूर्ण हुने बताए ।

यस्तै प्रधानमन्त्रीलाई सांसदहरूले सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषयमा पनि प्रश्न गरेका छन् । जवाफमा प्रधानमन्त्रीले उनीहरूको ज्यान जोखिममा रहेकाले जोगाएको दाबी गरेका छन् । उनले उनीहरूलाई भूमिको व्यवस्था गरिने बताए ।

लाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जेन जी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गरेको छ । प्रतिनिधिसभामा अहिले प्रधानमन्त्री बालेनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरेको र मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनबारे प्रश्न राखेका थिए । त्यसपछि जवाफमा प्रधानमन्त्री बालेनले धेरैपटक आन्दोलन भएको, धेरैपटक दमन भएको र धेरै प्रतिवेदन तयार भएको उल्लेख गर्दै ती सबै प्रतिवेदन सरकारले अध्ययन गर्ने र कार्यान्वयन गर्ने जवाफ दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रश्नको उत्तर दिनका लागि समय मागेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले बैठक सुरु भएपछि हात उठाएर समय मागेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई रोस्ट्रमको प्रयोग गर्न अनुमति दिए ।

त्यसपछि प्रधानमन्त्री बालेनले धेरै दिनदेखि सांसदहरूले प्रश्नोत्तरको कुरा गरिरहेको भन्दै प्रश्न उत्तर दिन तयार रहेको बताए ।