भाजपा मुख्यालय दीनदयाल उपाध्याय मार्गमा रवि लामिछानेको भव्य स्वागत

भाजपा मुख्यालय दीनदयाल उपाध्याय मार्गमा रवि लामिछानेको भव्य स्वागत


काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनबीच आज वार्ता भएको छ ।

नयाँ दिल्लीस्थित ६–ए, दीनदयाल उपाध्याय मार्गमा रहेको भाजपा केन्द्रीय कार्यालयमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र नवीन नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएको छ ।

त्यसअघि लामिछानेको भाजपा मुख्यालयमा भव्य स्वागत भएको थियो । लामिछानेलाई बाजाघाजासहित भाजपा मुख्यालयमा स्वागत गरिएको थियो ।

भारत भ्रमणमा रहँदा लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको छ । लामिछानेले अयोध्या पुगेर राम मन्दिरको पनि दर्शन गर्नेछन् । फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावपछि सत्तारुढ दलका प्रमुखको यो पहिलो भारत भ्रमण हो ।