प्रधानमन्त्रीको सीमाबारे अभिव्यक्तिमा सरकारका प्रवक्ताले भने – संसद्‌मा भनेको विषय सत्य हो

प्रधानमन्त्रीको सीमाबारे अभिव्यक्तिमा सरकारका प्रवक्ताले भने – संसद्‌मा भनेको विषय सत्य हो


काठमाडौं । भारतसँको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद्मा बोलेको विषय सत्य भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा मंगलबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पोखरेलले सीमा विवादलगायतका प्रश्नमा प्रधानमन्त्री बालेन फेरि सदनमा जवाफ दिन तयार रहेको समेत बताए । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसद्मा भन्को विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिने बताए ।

पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर संसद्का दुवै सदनमा विपक्षीले अवरोध गरेका छन् । प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्षी दलको माग छ ।

पोखरेलका अनुसार मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।