काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारे अभिव्यक्तिको विरोध जनाउँदै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार दिउँसो निर्धारित समयभन्दा केही ढिलो सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका थिए ।
प्रधानमन्त्री भनाइ संसद्को रेकर्डबाट हटाउँदा र प्रधानमन्त्री बालेन शाहले गल्ती स्वीकारे समस्याको समाधान हुने नत्र बैठक चल्न नदिने अडानमा राख्दै विपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । प्रधानमन्त्री बालेनले आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि धेरै ठाउँमा भारतीय जग्गा मिचेको बताएका थिए । त्यसपछि उनको यो विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।
आज राष्ट्रियसभामा पनि बैठक विपक्षीको अवरोधपछि बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया