काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले मंगलबार उनलाई ४ लाख १५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिककाअनुसार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको हो । उनका अनुसार लिखतसम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।
लिखतसम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट मेयर सिंह अदालतमा पुगेका थिए । तर, अदालतमा हाजिर नभई फरार भएपछि प्रहरीको विशेष टोलीले आज उनलाइ जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो ।
मेयर सिंहमाथि अरूकी छोरीलाई आफ्नो छोरी दाबी गरी नक्कली कागजात खडा गरेर नागरिकता दिलाएको गम्भीर आरोप छ ।

प्रतिक्रिया