आजपनि घटवड भएन सुनको भाउ

आजपनि घटवड भएन सुनको भाउ


काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ बुधबार लगातार दोस्रो दिन पनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ मंगलबार पनि स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।