काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई पार्टी सहमति कायम गराउने दबाब बढेको छ । निर्वमान शेरबहादुर देउवा नेपाल फर्कने घोषणा गरेपछि पार्टीभित्र सहमति प्रयास तीव्र बनेको हो । औपचारिक रुपमा डाक्टर शेखर कोइरालाको पाँचबुँदे प्रस्तावमा सभापति थापाले अस्वीकार नगरेपछि सचिवालयमा आफुले कोइरालाको प्रस्ताब स्वीकार गर्न नसकिने बताएका छन् ।
डा शेखर कोइरालाले पाँचबुँदे प्रस्ताव विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिबाहेक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूसँग सामूहिक एकीकरण गर्न भन्दै आएका छन् । कोइरालाले १५ औ महाधिबेशनको सुनिश्चितता, सबै क्रियाशिल सदस्यको स्वत अद्याविक निर्वाचन, क्रियशिल छानविन समिति , अनुशासन समितिमा दुबै पक्षका नेता सहभागि गराउनु पर्ने अडानमा डा कोइराला रहेका छन् । तर सभापति गगन थापा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई मात्रै सहभागि गराउने अडानमा छन् । सभापति थापाको सचिवालयका एक सदस्यले बिकासटाइम्सलाई भने -‘अब गगन दाई शेखर कोइरालासँग संवाद नगर्नेहुनुभएको छ ।’
“पार्टी एकताका लागि डा शेखर कोइरालासँगको संवाद व्यक्तिगत हो । तर पूर्णबहादुर खड्का निर्वमान कार्यवाहक सभापति पनि हुन्, उहाँसँग संस्थागत रूपमा कुरा गर्न सकिन्छ,” थापाको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले बताएको छ ।पछिल्लो समय उपसभापति विश्व प्रकाश शर्मा र पूर्वगृहमन्त्री रमेश लेखक मार्फत सभापति थापाले देउवा समूहका पूर्णबहादुर खड्का र कृष्ण सिटौलासँग संवाद अघि बढाइरहेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले व्यक्तिगत छलफलका आधारमा केन्द्रीय समितिमा समावेश गर्ने तर सामूहिक रूपमा १४औँ महाधिवेशनको कार्यसमिति मर्ज गर्न थापा तयार नभएको स्पष्ट छ ।
सभापति थापाले मोहन बस्नेत, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, रमेश लेखकलगायत केही नेताहरूलाई मनोनयन नगर्ने अडान कायम राखेका छन् । तर डा शेखर कोइराला भने पार्टीका सबै सिनियर नेतासहित १४औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई समावेश गरेर अघि बढ्नुपर्ने अडानमा छन् । कोइराला निकट एक नेताका अनुसारसभापति थापाले यो दबाब अस्वीकार गर्दै पूर्णबहादुर खड्कासँग संवादमा गएको बताएका छन् ।
१४औँ महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वमा निर्वाचन लडेका गगन थापा अहिले कोइरालाबाट निकै टाढिएका छन् । विशेष महाधिवेशनपछि पार्टी एकताको पक्षमा रहेका कोइरालाले थापासँग निरन्तर संवादको प्रयास गरे पनि थापाले अस्वीकार गर्दै आएका छन् ।यसबीच शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण आयोगलाई पत्र लेखेर नेपाल फर्कने घोषणा गरेपछि कांग्रेसमा छटपटाहट सुरु भएको छ । देउवा भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि पार्टीले देखाएको उदासीनता र अपमानको इगो बोकेर फर्कन लागेका हुन् । देउवा फर्किएपछि पार्टी एकताका लागि केही पहल गर्ने अनुमान गरिएको छ उता बिशेष महाधिबेशनबाट निर्वाचित कांग्रेस नेताहरूमा भने सशंकित भएका छन् । सभापति थापा निकट एक सदस्यले भने देउवाआएपछि पार्टी फुट्न सक्छ त्यसैले सभापति दवावमा हुनुहुन्छ
पार्टी स्रोतका अनुसार देउवा समूहले सहमतिका आधारमा पार्टी अघि बढाउने प्रयास गर्न सक्ने देखिन्छ । तर सभापति थापाले विशेष महाधिवेशनको वैधानिकता र आफ्नो नेतृत्वलाई मजबुत बनाउने रणनीति अपनाएका छन् । यो स्थिति पार्टीभित्र नयाँ खिचलो निम्त्याउने देखिएको छ । एकीकरण भएमा कांग्रेस मजबुत बन्न सक्ने तर असफल भए थप विभाजनको जोखिम बढ्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया