एकैपटक ५५ जना कर अधिकृतहरुको सरुवा

एकैपटक ५५ जना कर अधिकृतहरुको सरुवा


काठमाडौं ।

अर्थ मन्त्रालयले एकैसाथ ५५ जना कर्मचारीको सरूवा गरेको छ ।

मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्रका कर अधिकृतहरुको एक साथ सरुवा गरेको हो ।

जसमा मन्त्रालयबाट उपसचिवहरुलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवहरुको कार्यालय परिवर्तन गराइएको छ ।

मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ । चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेललाई दिइएको छ भने ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी तोकिएका छन् ।

मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ ।