तेस्रो दिन पनि घटवड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

तेस्रो दिन पनि घटवड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ बिहीबार लगातार तेस्रो दिन पनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ मंगलबार, बुधबार पनि स्थिर रहेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।