सांग्रिला मोटर्सको फेस्टिभ स्किम, सिट्रोनका गाडी बुकिङ गर्नेलाई २५ हजारको उपहार

सांग्रिला मोटर्सको फेस्टिभ स्किम, सिट्रोनका गाडी बुकिङ गर्नेलाई २५ हजारको उपहार


काठमाडौं ।

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो ‘फेस्टिभ स्किम २०८०’ सार्वजनिक गरेको छ ।

कम्पनीले ‘नाडा अटो शो २०२३’ मा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

भृकृटीमन्डपमा हिजोदेखि चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ ।

स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने जनाइएको छ ।

त्यस्तै, सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । भने, नाडा शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।