फिफा विश्वकप -२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २-० को जितसहित अन्तिम १६ ९प्रिक्वाटर्डफाइनल०मा प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन।
मेक्सिको विश्वकप-२०२६ को सह-आयोजक राष्ट्रसमेत समेत हो। खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरे। यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १-० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियो। उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो।

प्रतिक्रिया