भारत जान हिडेका भुलले महाकाली नदीमा हामफाले

भारत जान हिडेका भुलले महाकाली नदीमा हामफाले


धनगढी ।

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले महाकाली नगरपालिका–१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको जानकारी दिए ।

उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ ।