काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक आज बसेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
उनले पार्टी विधानको व्यवस्थाअनुसार लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गठन गरिएको जानकारी दिए । उनका अनुसार लेखा र निर्वाचन आयोगमा यसअघिकै पदाधिकारीलाई फेरि जिम्मेवारी दिइएको छ । आचार्यले भने, ‘यसअघिको लेखा र निर्वाचन आयोग विघटन गरी उहाँहरूलाई नै अगाडि बढाइएको छ ।’
यस्तै अनुशान आयोगको जिम्मेवारी लेखनाथ पौड्याललाई दिइएको आचार्यले जानकारी दिए । चितवन महाधिवेशनबाट ९९ जना निर्वाचित भएका थिए । अब सभापति रवि लामिछानेले ११ पदाधिकारीसहित ५१ जना मनोनीत गर्नेछन् । मनोनीतको एजेन्डामा आज कुनै छलफल नभएको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया