काठमाडो । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। उनी बिहीबार बिहान ७ बजेतिर भिमदत्त नगरपालिका-१८ बाट पक्राउ परेका हुन्। अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइजती मुद्दामा १ महिना ७ दिन कैद सजाए र १२ हजार १०० जरिवानाको फैसला सुनाएको थियो। कञ्चनपुरकै किरण विष्टले उनीविरूद्ध मुद्दा दायर गरेका थिए। जिल्लाको फैसलाविरूद्ध भण्डारी उच्च अदालत गएका थिए।
उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। सोही फैसला कार्यान्वयन गर्न पत्रकार भण्डारीलाई पक्राउ गरिएको डिएसपी रावतले बताए। पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई केही बेरमा अदालतमा पेस गर्ने तयारी रहेको डिएसपी रावतले जानकारी दिए।

प्रतिक्रिया