काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकामा गए राति आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ ।
नेपाली सेनाका अनुसार जगदुल्ला ५, गैरीगाउँस्थित धुलाखोला इलाकामा भएको भारी वर्षाका कारण बिहान करिब ३ बजे आएको बाढीले ८–१० वटा घरमा क्षति पुर्याएको थियो ।
नेपाली सेना, संग्राम शार्दूल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहकार्यमा खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ ।
बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ । बाढीमा परी अन्य ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया