विश्वकप क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो झट्का

विश्वकप क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो झट्का


न्युयोर्क । विश्वकप क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख मिडफिल्डर इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । गत शनिबार क्यानाडाविरुद्धको अन्तिम १६ को खेलमा चोटग्रस्त भएका साइबारी समयमै फिट हुन नसकेको टोलीका मुख्य प्रशिक्षक मोहम्मद उआहबिले बुधबार बताए ।

“साइबारीबाहेक सबै खेलाडी फिट छन्,” प्रशिक्षकले भने, “यो खेल उनको लागि निकै चाँडो भयो । तर बाँकी प्रतियोगितामा उनी फर्कने आशा छ ।” यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका साइबारीले समूह चरणमा गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउने सम्भावना देखाएका थिए । उनले नेदरल्याण्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेका थिए ।  मोरक्कोले सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग २–० ले हार बेहोरेको थियो । अब क्वार्टरफाइनलमा बदला लिने लक्ष्यका साथ मोरक्को मैदान उत्रँदै छ ।